आत्मज्ञान प्रचार संघ (AGPS) वि.सं. २०४१ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विधिवत् दर्ता भएको एक गैरनाफामूलक सामाजिक संस्था हो।
शुभेच्छुक तथा समर्थकहरूबाट स्वेच्छाले प्रदान गरिने दान–दातव्य नै संस्थाको प्रमुख आर्थिक स्रोत हो। संस्थाको वार्षिक कार्ययोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न नेपालको प्रचलित कानुन तथा आर्थिक नियमहरूको अधीनमा रही रकम खर्च गरिन्छ। संस्थाले सरकारी वा गैरसरकारी कुनै पनि निकायबाट अनुदान प्राप्त गर्दैन।
योग्यता तथा संस्थाको आवश्यकताअनुसार इच्छुक व्यक्तिहरूले स्वयंसेवकका रूपमा सेवा गर्न सक्छन्। स्वयंसेवाका क्षेत्रहरू बौद्धिक, शारीरिक तथा सीपमूलक हुन सक्छन्। यसका अतिरिक्त आर्थिक वा जिन्सी सहयोग पनि प्रदान गर्न सकिन्छ।
आत्मज्ञान प्रचार संघ सम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो जानकारीको उद्देश्य स्पष्ट गरी संस्थाको केन्द्रीय कार्यालयमा नियुक्त सूचना अधिकारीसँग सम्पर्क गर्न सकिन्छ।
सूचना अधिकारी
सम्पर्क नम्बर: 9843165011
प्रेम रावतजी र आत्मज्ञान प्रचार संघबीच कुनै प्रशासनिक वा स्वामित्व सम्बन्ध छैन। आत्मज्ञान प्रचार संघ एक स्वतन्त्र सामाजिक संस्था हो, जसले प्रेम रावतजीको शान्ति सन्देशलाई जनमानससम्म पुर्याउने कार्यका साथै विभिन्न सामाजिक तथा जनहितका गतिविधिहरू सञ्चालन गर्दछ।
प्रेम रावतजीको शान्ति सन्देश कुनै जटिल दार्शनिक वा सैद्धान्तिक विषय होइन। यो प्रत्येक व्यक्तिलाई आफ्नो जीवनमा आन्तरिक शान्तिको अनुभूति गर्न प्रेरित गर्ने एक व्यावहारिक सन्देश हो। उहाँका अनुसार वास्तविक शान्ति बाहिरी संसारमा खोजिने वस्तु नभई प्रत्येक व्यक्तिको अन्तरमनभित्र रहेको अनुभूति हो। यो सन्देश सबै वर्ग, समुदाय, धर्म तथा विचारका मानिसहरूका लागि खुला र सान्दर्भिक छ।
होइन। प्रेम रावतजीको शान्ति सन्देश कुनै विशेष धर्म, सम्प्रदाय वा धार्मिक संगठनसँग आबद्ध छैन। जुनसुकै धर्म, सम्प्रदाय वा विचारका व्यक्तिले यसबाट लाभ लिन र यसको सराहना गर्न सक्छन्।
आत्मज्ञान प्रचार संघद्वारा सञ्चालित केन्द्र, उपकेन्द्र वा सूचना केन्द्रहरूमा आयोजना हुने नियमित कार्यक्रमहरूमा सहभागी भई उहाँको सन्देश सुन्न सकिन्छ। साथै आधिकारिक वेबसाइट तथा डिजिटल माध्यमहरूबाट पनि सन्देश प्राप्त गर्न सकिन्छ।
आधिकारिक वेबसाइटहरू:
प्रेम रावतजीको शान्ति सन्देशसँग सम्बन्धित आफ्ना प्रश्न वा गहन जिज्ञासाहरू विभिन्न सञ्चार माध्यममार्फत पठाउन सकिन्छ। प्राप्त हुने पत्राचार तथा सन्देशहरूको संख्या धेरै हुने भएकाले जवाफ प्राप्त हुन केही समय लाग्न सक्छ।
पत्राचारको लागि:
P.O. Box 6110
Malibu, CA 90264
United States
आजै दर्ता गर्नुहोस् र हाम्रो अभियानसँग जोडिनुहोस्
तपाईंको जानकारी हाम्रो गोपनीयता नीतिअनुसार मात्र प्रयोग गरिनेछ। गोपनीयता नीति