श्री प्रेम रावतज्यूको संक्षिप्त परिचय:
अन्तर्राष्ट्रिय जगतमा शान्तिदूतका रूपमा परिचित श्री प्रेम रावतज्यू विगत ६ दशकदेखि सरल तर गहन सत्यलाई उजागर गर्दै आउनुभएको छ। उहाँले सधैं एउटा मूल सन्देश दिनुभएको छ— "विश्वका प्रत्येक मानिसका लागि शान्ति सम्भव छ।" यही सन्देशलाई बाल्यकालदेखि नै विश्वभर फैलाउँदै आउनुभएका उहाँको अभियान आज सबै महादेश, विभिन्न संस्कृति तथा चौथो पुस्तासम्म पुगेर एक जीवन्त आन्दोलनका रूपमा विस्तार भइसकेको छ।
श्री प्रेम रावतज्यूको शान्तिको सन्देश कुनै जटिल सैद्धान्तिक विषय होइन, बरु हरेक व्यक्तिभित्र सुप्त अवस्थामा रहेको आन्तरिक शान्तिलाई दैनिक जीवनमा अनुभूति गर्ने एक व्यावहारिक मार्ग हो। उहाँ सधैं एउटै कुरामा जोड दिनुहुन्छ— "वास्तविक शान्ति बाहिरी संसारमा खोजिने वस्तु होइन, यो त स्वयं आफ्नै हृदयभित्रको दिव्य अनुभूति हो।"
नेपालस्थित आत्मज्ञान प्रचार संघको आमन्त्रणमा श्री प्रेम रावतज्यू ले हालसम्म १३ पटक नेपालको भ्रमण गरिसक्नुभएको छ। यस क्रममा उहाँले १७ वटा वृहत् सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ भने विभिन्न विशिष्ट श्रोता समूहका ९ वटा कार्यक्रममा पनि सहभागिता जनाउनुभएको छ। उहाँका पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा सहभागीहरूको संख्या एक लाखभन्दा बढी हुने गरेको छ।
विश्वमा शान्तिको सन्देश फैलाउनुका अतिरिक्त उहाँले प्रेम रावत फाउन्डेसन मार्फत निःस्वार्थ मानवीय सेवाका गतिविधिहरूलाई पनि अगाडि बढाउनुभएको छ। यस फाउन्डेसनले नेपालसहित विश्वका विभिन्न विपन्न समुदायहरूमा खाद्य सुरक्षा, स्वच्छ खानेपानी, विपद् व्यवस्थापन तथा आत्मनिर्भरताजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न निरन्तर सहयोग गर्दै आएको छ।
यस्ता विविध प्रयासहरूका माध्यमबाट व्यक्ति र समाजलाई सद्भावयुक्त, दिगो तथा शान्तिपूर्ण विश्वतर्फ रूपान्तरण गर्न उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ। "प्रत्येक मानिसको हृदयबाट नै एउटा सुन्दर र शान्त विश्वको निर्माण हुन सक्छ।" भन्ने विश्वासमा उहाँ दृढ रहनुभएको छ।
आजै दर्ता गर्नुहोस् र हाम्रो अभियानसँग जोडिनुहोस्
तपाईंको जानकारी हाम्रो गोपनीयता नीतिअनुसार मात्र प्रयोग गरिनेछ। गोपनीयता नीति