आत्मज्ञान प्रचार संघ (AGPS)
आत्मज्ञान प्रचार संघ (AGPS) सन १९८४ मा नेपाल सरकारमा दर्ता भएको एक गैर-नाफामूलक सामाजिक संस्था हो। स्थापना कालदेखि नै आत्मज्ञान प्रचार संघले अन्तर्राष्ट्रिय शान्तिदूत श्री प्रेम रावतज्यूद्वारा प्रदान गरिएको "शान्तिको सन्देश" नेपालभर पाँच सयभन्दा बढी केन्द्रमार्फत विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरी निरन्तर रूपमा प्रचार गर्दै आएको छ। प्रेम रावतज्यूको सन्देशले प्रत्येक व्यक्तिलाई आफ्नो भित्री शान्तिको अनुभूति गर्न प्रेरित गर्दछ। आत्मज्ञान प्रचार संघले श्री प्रेम रावतज्यूलाई नेपाल आमन्त्रण गरी विशाल प्रत्यक्ष कार्यक्रमहरू तथा विशेष सभाहरू आयोजना गर्दै आएको छ। साथै, "अन्तर्राष्ट्रिय शान्ति दिवस" को अवसरमा देशव्यापी शान्ति र्यालीहरू पनि आयोजना गर्दै आएको छ।
शान्तिको सन्देशको प्रचार–प्रसारसँगै आत्मज्ञान प्रचार संघ मानवीय सेवाका कार्यहरूमा पनि सक्रिय रूपमा संलग्न हुँदै आएको छ। यस संस्थाले बाढी, पहिरो, भूकम्प, शीतलहरजस्ता प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिहरूलाई राहत सामग्री वितरण गर्दै आएको छ। वि.सं. २०७२ सालको विनाशकारी भूकम्पका बेला आत्मज्ञान प्रचार संघले प्रभावित व्यक्तिहरूलाई स्वास्थ्यकर भोजन उपलब्ध गराएको थियो। साथै, आफ्ना केन्द्रहरूमा प्रभावित व्यक्तिहरूलाई एक महिनाभन्दा बढी समयसम्म आश्रय तथा आवश्यक सहयोग प्रदान गरेको थियो। त्यसैगरी, कोभिड–१९ महामारीको समयमा पनि आत्मज्ञान प्रचार संघले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य एवं सरसफाइ सामग्री वितरण गरेको थियो।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पका बेला आत्मज्ञान प्रचार संघले प्रभावित व्यक्तिहरूलाई स्वास्थ्यकर भोजन उपलब्ध गराएको थियो भने आफ्ना केन्द्रहरूमा प्रभावित व्यक्तिहरूलाई एक महिनाभन्दा बढी समयसम्म आश्रय तथा सहयोग प्रदान गरेको थियो। त्यसैगरी, कोभिड–१९ महामारीको समयमा पनि आत्मज्ञान प्रचार संघले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरेको थियो।
प्रेमसागर फाउन्डेसन नेपालसँगको सहकार्यमा आत्मज्ञान प्रचार संघले निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दै आएको छ। यी शिविरहरूमा चिकित्सक तथा अप्टोमेट्रिस्टहरूले आँखा परीक्षण, आँखा स्वास्थ्यसम्बन्धी जनचेतना, संक्रमणका लागि औषधि वितरण, आवश्यक परे चस्मा उपलब्ध गराउने तथा थप उपचारका लागि सिफारिस गर्ने कार्य पूर्ण रूपमा निःशुल्क रूपमा गर्दै आएका छन्। त्यसैगरी, प्राकृतिक प्रकोपको समयमा प्रभावित व्यक्तिहरूलाई राहत वितरण गर्ने कार्यहरूमा समेत यी दुई संस्थाहरूले सहकार्य गर्दै आएका छन्।
नेपालभर "शान्तिको सन्देश" फैलाउने यस अभियानमा तपाईं पनि हाम्रो साथमा सहभागी हुन सक्नुहुन्छ।
प्रेम रावतज्यूको बारेमा थप जानकारीका लागि http://www.premrawat.com.
हामी के गर्छौं?
सकारात्मक परिवर्तनको यस यात्रामा तपाईं पनि सहभागी बन्न सक्नुहुन्छ। तपाईंको सहयोग , स्वयंसेवा वा शान्तिको सन्देश फैलाउने अभियानमा साथ दिएर तपाईंले हजारौं मानिसहरूको जीवनमा आशा र प्रेरणा जगाउन योगदान गर्न सक्नुहुन्छ।
आत्मज्ञान प्रचार संघ मानवताको असीम सम्भावनामा विश्वास गर्दछ। हामी सबै मिलेर करुणा, सद्भाव र सकारात्मक कार्यमार्फत प्रत्येक व्यक्तिलाई सशक्त, सम्मानित र शान्तिमय जीवनतर्फ प्रेरित गर्ने समाज निर्माण गर्न प्रतिबद्ध छौं।
मानवताको सशक्तीकरण
परिवर्तनको अभियानमा तपाईं पनि सहभागी बन्नुहोस्। हामीसँग हातेमालो गर्दै संसारलाई अझ राम्रो, शान्तिपूर्ण र मानवीय बनाउने हाम्रो अभियानमा साथ दिनुहोस्।
आन्तरिक शान्तिको खोज
प्रेम रावतद्वारा प्रस्तुत प्रेरणादायी भिडियो कार्यक्रमहरू मार्फत आन्तरिक शान्तिको अनुभव गर्ने अवसर प्रदान गरिन्छ। यी कार्यक्रमहरूले जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्न प्रेरित गर्छन्।
शान्ति शिक्षा कार्यक्रम
शान्ति शिक्षा कार्यक्रम भिडियोमा आधारित एक अन्तरक्रियात्मक शृङ्खला हो, जसले सहभागीहरूलाई आत्मविश्वास र व्यक्तिगत शान्तिको अनुभूति गर्न प्रेरित गर्दछ। यस कार्यक्रमले जीवनमा शान्ति, कृतज्ञता, आशा र आत्मसम्मानजस्ता मानवीय मूल्यहरूको विकासमा सहयोग पुर्याउँछ।
सूचना केन्द्र
सूचना केन्द्र शान्तिको सन्देश, प्रेम रावतका कार्यक्रमहरू तथा आत्मज्ञान प्रचार संघका उद्देश्य, गतिविधि र सेवाहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिने विशेष स्थान हो। यहाँ आगन्तुकहरूले संस्थाका कार्यक्रमहरूबारे जानकारी लिनुका साथै विभिन्न गतिविधिहरूमा सहभागी हुने अवसरसमेत प्राप्त गर्न सक्छन्।
हाम्रो उद्देश्य
आत्मज्ञान प्रचार संघ (AGPS) प्रत्येक व्यक्तिलाई आफ्नो जीवनमा आन्तरिक शान्तिको अनुभूति गराउन समर्पित एक गैरनाफामूलक सामाजिक संस्था हो। नेपाल सरकारमा वि.सं. २०४१ मा विधिवत् दर्ता भएको यस संस्थाले चार दशकभन्दा बढी समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै नेपालभर शान्तिको सन्देश फैलाउने कार्य निरन्तर रूपमा गर्दै आएको छ। हाल संस्थाका नेपालभर पाँच सयभन्दा बढी शाखाहरू सक्रिय रूपमा सञ्चालनमा रहेका छन्।
आजै दर्ता गर्नुहोस् र हाम्रो अभियानसँग जोडिनुहोस्
तपाईंको जानकारी हाम्रो गोपनीयता नीतिअनुसार मात्र प्रयोग गरिनेछ। गोपनीयता नीति