राष्ट्रिय पहलहरू

विपद्का समयमा AGPS को सहयोग

विपद्का समयमा AGPS को सहयोग

शान्तिको सन्देश फैलाउने कार्यसँगै आत्मज्ञान प्रचार संघ (AGPS) विभिन्न मानवीय सेवामा पनि सक्रिय रूपमा संलग्न रहँदै आएको छ। बाढी, पहिरो, शीतलहर लगायत प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गर्ने, आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने कार्य संस्थाले निरन्तर गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्प पछि AGPS ले प्रारम्भिक चरणमा करिब ३,००० जनालाई भोजन उपलब्ध गराएको थियो। त्यसपछि एक महिनाभन्दा बढी समयसम्म प्रत्येक दिन १,५०० जनालाई ताजा र पौष्टिक भोजन तथा सुरक्षित आवासको व्यवस्था गरिएको थियो। यस्ता मानवीय सेवाका कार्यहरू AGPS का विभिन्न शाखाहरूबाट पनि देशका विभिन्न स्थानमा सञ्चालन गरिएका छन्।

आयोजक:
आत्मज्ञान प्रचार संघ

स्थान:
AGPS केन्द्रीय कार्यालय, सामाखुशी, काठमाडौं

मिति र समय:
२९ डिसेम्बर २०२३, बिहान १०:०० बजे

Querries (if any):
Please visit agps.org.np/information-centers-contact if you have any questions or query.