अन्तर्राष्ट्रिय कार्यक्रमहरू

प्रेम रावत ११ वर्षपछि नेपालमा !

सैनामैना, रुपन्देही | १९ अप्रिल २०२५

विश्वप्रसिद्ध शान्तिदूत, मानवतावादी, अन्तर्राष्ट्रिय वक्ता तथा न्यूयोर्क टाइम्सका बेस्टसेलर लेखक प्रेम रावत ११ वर्षपछि नेपाल आउनुभयो। उहाँको नेपाल भ्रमणका क्रममा आयोजित दुई विशाल सार्वजनिक कार्यक्रममा लाखौंको मनमा शान्ति र आन्तरिक आनन्दको सन्देश प्रवाहित गर्नुभयो।

१९ अप्रिल २०२५ मा सैनामैना, रुपन्देही मा आयोजित कार्यक्रममा एक लाखभन्दा बढी सहभागीहरूले उहाँको प्रेरणादायी सन्देश सुन्ने अवसर प्राप्त गरे। त्यसैगरी २३ अप्रिल २०२५ मा सिपाडोल, भक्तपुर मा आयोजित दोस्रो कार्यक्रममा करिब ४० हजार जनाको उल्लेखनीय सहभागिता रहेको थियो। यी दुवै कार्यक्रममार्फत प्रेम रावतले मानव जीवनको वास्तविक मूल्य, आत्मबोध तथा विश्वशान्तिको सन्देश पुनः सशक्त रूपमा प्रस्तुत गर्नुभयो।

सम्बोधनका क्रममा प्रेम रावतले भन्नुभयो, “हामीले प्राप्त गरेको यो मानव जीवन अत्यन्तै दुर्लभ छ। सबैका लागि समान रूपमा सत्य हुने तीनवटा कुरा छन्— पहिलो, तपाईं जन्मनुभएको छ; दोस्रो, तपाईं अहिले जीवित हुनुहुन्छ र तपाईंभित्र श्वास निरन्तर चलिरहेको छ; र तेस्रो, एक दिन तपाईंले यो संसार छोडेर जानुहुनेछ।”

जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भन्ने प्रसङ्गमा उहाँले प्रत्येक व्यक्तिले आन्तरिक आनन्दको अनुभूति गर्नु नै जीवनको वास्तविक उद्देश्य भएको बताउनुभयो। त्यसका लागि केवल आफ्नाभित्र रहेका सृष्टिकर्तामा विश्वास गर्नु मात्र पर्याप्त नभई उहाँलाई चिन्ने, अनुभूति गर्ने र जीवनमा उतार्ने आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो।

यी कार्यक्रमहरू आत्मज्ञान प्रचार संघ (AGPS) द्वारा सफलतापूर्वक आयोजना गरिएका थिए। कार्यक्रममा सहभागीहरूले प्रेम रावतको सन्देशबाट गहिरो आनन्द, प्रेरणा र आत्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया व्यक्त गरेका थिए।

प्रेम रावतको शान्ति र आत्मबोधको सन्देश विश्वका ११० भन्दा बढी देशहरू मा पुगेको छ। उहाँले मानवलाई आफ्नो भित्र विद्यमान शान्ति र आनन्दको अनुभूति गर्न प्रेरित गर्दै आशा, आत्मविश्वास र सकारात्मक जीवनदृष्टिको व्यावहारिक मार्ग प्रस्तुत गर्दै आउनुभएको छ। प्रेम रावत द प्रेम रावत फाउन्डेसन (TPRF) का संस्थापक पनि हुनुहुन्छ। यस संस्थाले शान्तिको प्रवर्द्धनसँगै खाद्य सुरक्षा, स्वच्छ खानेपानी तथा आधारभूत मानवीय आवश्यकताहरू पूरा गर्न विभिन्न मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको ‘फुड फर पिपल (Food for People)’ कार्यक्रममार्फत नेपाल, भारत, घाना तथा दक्षिण अफ्रिकाका विपन्न समुदायलाई पौष्टिक भोजन उपलब्ध गराइँदै आएको छ।

उहाँको सन्देशमा आधारित ‘पीस एजुकेसन प्रोग्राम (Peace Education Program – PEP)’ विश्वभरका १,४०० भन्दा बढी शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य विभिन्न संस्थाहरूमा सञ्चालन भइरहेको छ, जसबाट पाँच लाखभन्दा बढी व्यक्तिहरू लाभान्वित भएका छन्। यो कार्यक्रम १,००० भन्दा बढी कारागारहरू मा पनि सञ्चालनमा रहेको छ। विभिन्न अध्ययनहरूले यस कार्यक्रमले सहभागीहरूमा सकारात्मक सोचको विकास गर्नुका साथै पुनः अपराध गर्ने प्रवृत्तिमा उल्लेखनीय कमी ल्याउन सहयोग पुर्‍याएको देखाएका छन्।

प्रेम रावतको योगदानलाई विश्वभरका सरकारहरू, गैरसरकारी संस्थाहरू, शैक्षिक प्रतिष्ठानहरू, व्यावसायिक संस्थाहरू तथा नागरिक समाजले उच्च सम्मानका साथ मान्यता दिएका छन्। उहाँले बेलायतदेखि न्यूजिल्याण्डसम्मका संसदहरू, साथै हार्वर्ड विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालय जस्ता विश्वप्रसिद्ध शैक्षिक संस्थाहरूमा आफ्नो सन्देश प्रस्तुत गर्नुभएको छ। सन् २०११ मा उहाँ युरोपेली संघ (European Union – EU) को विशेष कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो, जहाँ उहाँले ‘Pledge to Peace’ मा हस्ताक्षर गर्नुभएको थियो।

सन् २०२३ मा टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा विभिन्न डिजिटल सञ्चारमाध्यममार्फत प्रेम रावतको सन्देश अनुमानित ९१६ मिलियन (९१ करोड ६० लाख) मानिसहरूसम्म पुगेको थियो। उहाँको ‘Life Essentials’ पोडकास्ट विश्वका ११० भन्दा बढी देशहरू मा नियमित रूपमा सुनिन्छ। उहाँका ‘Hear Yourself’ तथा ‘Peace Is Possible’ पुस्तकहरू विश्वभरका पाठकमाझ लोकप्रिय छन्।

Rawat is not only a speaker and author but also an inventor, musician, artist, photographer, and a skilled pilot of airplanes and helicopters. He has experience of flying for 15,000 hours.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ