राष्ट्रिय पहलहरू

नेपालमा प्रेम रावतका कार्यक्रमहरूको इतिहास

नेपालमा प्रेम रावतको पहिलो कार्यक्रम २ मे १९७५ मा सम्पन्न भएको थियो। त्यसपछि उहाँले नेपालमा १३ पटक भ्रमण गर्नुभएको छ र ७२ वटा कार्यक्रम मार्फत ५ लाख ५ हजारभन्दा बढी मानिसलाई सम्बोधन गर्नुभएको छ। मार्च २०१४ नेपालको इतिहासमा एउटा विशेष उपलब्धिको वर्ष बन्यो। त्यस समयमा काठमाडौं र पोखरामा आयोजित दुई कार्यक्रममा गरी १ लाख ६० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। यही अवसरमा प्रेम रावतले पहिलो पटक काठमाडौं बाहिर पनि सम्बोधन गर्नुभएको थियो। यी कार्यक्रममा सहभागी भएका नयाँ व्यक्तिहरूको संख्या आत्मज्ञान प्राप्त व्यक्तिहरूको तुलनामा ५५ प्रतिशत बढी थियो।  

सोही वर्ष प्रसिद्ध पत्रकार भूषण दाहालले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर्साइड (Fireside)” मा प्रेम रावतसँग विशेष अन्तर्वार्ता लिनुभएको थियो।