प्रेम रावतलाई भारतको विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ ।
३० सेप्टेम्बर २०२५ मा अन्तर्राष्ट्रिय रूपमा परिचित शान्ति शिक्षाविद् तथा लेखक श्री प्रेम रावतलाई भारतको हैदराबादस्थित डा. बी.आर. अम्बेडकर खुला विश्वविद्यालय (BRAOU) ले विश्वभर मानव कल्याणका लागि उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ।
प्रेम रावतद्वारा विकसित Peace Education Program (PEP)भिडियोमा आधारित एक विशेष कार्यक्रम हो, जसले मानिसलाई आफ्नो भित्री शक्ति र व्यक्तिगत शान्तिको अनुभव गर्न प्रेरित गर्दछ। यो कार्यक्रम विश्वभरका १,५०० भन्दा बढी शैक्षिक संस्थाहरूमा सञ्चालन भइसकेको छ र हालसम्म ६ लाखभन्दा बढी मानिसहरूले यसमा सहभागिता जनाइसकेका छन्। यो कार्यक्रम ८९० भन्दा बढी कारागारहरूमा पनि सञ्चालन भइरहेको छ र ४० भाषामा अनुवाद गरिएको छ।
त्यसैगरी, The Prem Rawat Foundation (TPRF) को Food for People program कार्यक्रम मार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकाका विपन्न समुदायलाई स्वच्छ खानेपानी, शिक्षा तथा ८० लाखभन्दा बढी पौष्टिक भोजन उपलब्ध गराइएको छ।
विश्वविद्यालयका उपकुलपति घण्टा चक्रपाणिले सम्मान समारोहमा भन्नुभयो: “शान्ति शिक्षाका क्षेत्रमा प्रेम रावतको योगदान अतुलनीय छ। उहाँले १०० भन्दा बढी देशका लाखौँ मानिसलाई आफ्नो अन्तरमनसँग जोडिएर अर्थपूर्ण जीवन बाँच्न प्रेरित गर्नुभएको छ। उहाँको कार्यले स्वास्थ्य सुधार, विद्यालय भर्ना वृद्धि, अपराध दरमा कमी तथा स्थानीय समुदायको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।”
मानार्थ विद्यावारिधि (Honorary Doctorate) भनेको के हो?
मानार्थ विद्यावारिधि Doctor honoris causaविश्वविद्यालयले कुनै व्यक्तिको असाधारण योगदानको कदर गर्दै प्रदान गर्ने उच्च सम्मान हो। यसका लागि नियमित अध्ययन, अनुसन्धान वा शोधप्रबन्ध (थेसिस) पूरा गर्नुपर्ने आवश्यकता हुँदैन। विज्ञान, कला, समाजसेवा, मानवता, नेतृत्व, सार्वजनिक सेवा वा अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई यो सम्मान प्रदान गरिन्छ।
यस सम्मान प्राप्त गर्ने विश्व प्रसिद्ध व्यक्तित्वहरूमा नेल्सन मण्डेला, माया एन्जेलो र डेसमण्ड टुटु पनि पर्दछन्।