राष्ट्रिय पहलहरू

प्रेरणा कार्यक्रम २०७६

(कार्तिक २३ देखि पुस २६ सम्म)

प्रेम रावतको सम्भावित प्रत्यक्ष कार्यक्रमलाई लक्षित गर्दै आत्मज्ञान प्रचार संघ (AGPS) केन्द्रीय कार्यालयले देशभरिका सबै क्षेत्रमा “प्रेरणा कार्यक्रम २०७६” सञ्चालन गरेको थियो। यो कार्यक्रम २२ स्थानमा आयोजना गरिएको थियो, जसबाट ४४ जिल्लाका केन्द्रहरू समेटिएका थिए।

कार्यक्रममा २२ जना सहजकर्ता तथा ५,७४१ जना आत्मज्ञान प्राप्त व्यक्तिहरू सहभागी भएका थिए। यस कार्यक्रमको उद्देश्य प्रेम रावतको सम्भावित नेपाल भ्रमणको तयारी गर्नुका साथै भविष्यमा कति नयाँ व्यक्तिसम्म शान्तिको सन्देश पुर्‍याउन सकिन्छ भन्ने लक्ष्य निर्धारण गर्नु पनि थियो।

यस अभियानबाट ४४ जिल्लामा कुल ३०,३८,१२३ जनासम्म सन्देश पुर्‍याउने लक्ष्य तय गरिएको थियो। साथै, भविष्यमा हुने प्रेम रावतको प्रत्यक्ष कार्यक्रममा कम्तीमा २,००,००० जनाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि राखिएको थियो।