आत्मज्ञान प्रचार संघ
आत्मज्ञान प्रचार संघ (AGPS) सन १९८४ मा नेपाल सरकारमा दर्ता भएको एक गैर-नाफामूलक सामाजिक संस्था हो। स्थापना कालदेखि नै आत्मज्ञान प्रचार संघले अन्तर्राष्ट्रिय शान्तिदूत श्री प्रेम रावतज्यूद्वारा प्रदान गरिएको "शान्तिको सन्देश" नेपालभर पाँच सयभन्दा बढी केन्द्रमार्फत विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरी निरन्तर रूपमा प्रचार गर्दै आएको छ। प्रेम रावतज्यूको सन्देशले प्रत्येक व्यक्तिलाई आफ्नो भित्री शान्तिको अनुभूति गर्न प्रेरित गर्दछ। आत्मज्ञान प्रचार संघले श्री प्रेम रावतज्यूलाई नेपाल आमन्त्रण गरी विशाल प्रत्यक्ष कार्यक्रमहरू तथा विशेष सभाहरू आयोजना गर्दै आएको छ। साथै, "अन्तर्राष्ट्रिय शान्ति दिवस" को अवसरमा देशव्यापी शान्ति र्यालीहरू पनि आयोजना गर्दै आएको छ।
शान्तिको सन्देशको प्रचार–प्रसारसँगै आत्मज्ञान प्रचार संघ मानवीय सेवाका कार्यहरूमा पनि सक्रिय रूपमा संलग्न हुँदै आएको छ। यस संस्थाले बाढी, पहिरो, भूकम्प, शीतलहरजस्ता प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिहरूलाई राहत सामग्री वितरण गर्दै आएको छ। वि.सं. २०७२ सालको विनाशकारी भूकम्पका बेला आत्मज्ञान प्रचार संघले प्रभावित व्यक्तिहरूलाई स्वास्थ्यकर भोजन उपलब्ध गराएको थियो। साथै, आफ्ना केन्द्रहरूमा प्रभावित व्यक्तिहरूलाई एक महिनाभन्दा बढी समयसम्म आश्रय तथा आवश्यक सहयोग प्रदान गरेको थियो। त्यसैगरी, कोभिड–१९ महामारीको समयमा पनि आत्मज्ञान प्रचार संघले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य एवं सरसफाइ सामग्री वितरण गरेको थियो।
हाम्रो उद्देश्य
आत्मज्ञान प्रचार संघ (AGPS) प्रत्येक व्यक्तिलाई आफ्नो जीवनमा आन्तरिक शान्तिको अनुभूति गराउन समर्पित एक गैरनाफामूलक सामाजिक संस्था हो। नेपाल सरकारमा वि.सं. २०४१ मा विधिवत् दर्ता भएको यस संस्थाले चार दशकभन्दा बढी समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै नेपालभर शान्तिको सन्देश फैलाउने कार्य निरन्तर रूपमा गर्दै आएको छ। हाल संस्थाका नेपालभर पाँच सयभन्दा बढी शाखाहरू सक्रिय रूपमा सञ्चालनमा रहेका छन्।
तपाईंको सहयोग, परिवर्तनको आधार
मानव जीवनका आधारभूत आवश्यकताहरू सम्बोधन गर्न तपाईंको सहयोग अमूल्य छ। तपाईंले प्रदान गर्ने स्वेच्छिक सहयोगले समाजका विभिन्न वर्गका मानिसहरूलाई शान्ति, सम्मान र आशाको सन्देश पुर्याउन तथा संस्थाका सामाजिक एवं जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दछ।
समाचार तथा कार्यक्रमहरू
ब्रान्ड लरियट द्वारा प्रेम रावत तथा प्रेम रावत फाउन्डेसनलाई प्रतिष्ठित सम्मान
-
Posted by
admin
- 0 comments
डिसेम्बर ६, २०२३ मा, द ब्रान्डलरिएट (The BrandLaureate) ले प्रेम रावत तथा द प्रेम रावत फाउन्डेसन (TPRF) लाई प्रतिष्ठित पुरस्कार प्रदान गर्दै सम्मानित गरेको थियो।
प्रेरणा कार्यक्रम २०७६
-
Posted by
admin
वि.सं. २०७६ मा AGPS ले नेपालभरि “प्रेरणा २०७६” नामक विशेष PWK कार्यक्रम आयोजना गरेको थियो। यसअन्तर्गत २२ वटा जिल्लास्तरीय कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए।
प्रेम रावतलाई भारतको विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ ।
-
Posted by
admin
- 0 comments
नेपालमा प्रेम रावतका कार्यक्रमहरूको इतिहास
-
Posted by
admin
नेपालमा प्रेम रावतको पहिलो कार्यक्रम सन् १९७५ मे २ मा आयोजना गरिएको थियो। त्यसपछि उहाँले नेपालमा विभिन्न अवसरहरूमा पुनः भ्रमण गर्दै आफ्ना सन्देशहरू साझा गर्नुभयो।
प्रेम रावत ११ वर्षपछि नेपालमा !
-
Posted by
admin
- 0 comments
विश्वप्रसिद्ध शान्ति अभियन्ता तथा सर्वाधिक बिक्री हुने पुस्तकका लेखक प्रेम रावत हालै ११ वर्षपछि पुनः नेपाल भ्रमणमा आउनुभएको थियो।
प्रेम रावतद्वारा अर्को नयाँ गिनिज वर्ल्ड रेकर्ड
-
Posted by
admin
On November 26, 2023, in Gaya, India, 375,603 students, dignitaries, intellectuals, media representatives, and peace-seeking individuals gathered to listen to Prem Rawat
सफलताका कथाहरू
जीवनमा पद, सम्पत्ति वा प्रतिष्ठाबाट मापन गर्न सकिने धेरै उपलब्धिहरू आउँछन्। तर मैले अनुभव गरेको सबैभन्दा अर्थपूर्ण सफलता भनेको प्रेम रावतद्वारा साझा गरिएको ज्ञानमार्फत आफूलाई बुझ्ने यात्रामा अघि बढ्नु हो।
धेरै मानिसहरूझैँ, म पनि जीवनमा पूर्णता र सन्तुष्टि बाहिरी संसारमा खोज्दै हिँड्थें। तर समयसँगै मैले महसुस गरेँ कि साँचो शान्ति केवल बाह्य उपलब्धिहरूबाट प्राप्त हुन सक्दैन। प्रेम रावतको सन्देश सुन्न थालेपछि मैले खोजिरहेको त्यो शान्ति त पहिलेदेखि नै मेरो आफ्नै अन्तरमनमा रहेको रहेछ भन्ने अनुभूति पाएँ।
मेरो यात्रा अझै निरन्तर छ, र प्रत्येक पाइला चाल्दा मलाई यही अनुभूति हुन्छ कि सबैभन्दा ठूलो सफलता भनेको सधैँदेखि आफ्नै अन्तरमनमा रहेको अमूल्य खजानाको खोजी गर्नु हो। धन्यवाद, प्रेमजी!
PWK परिवारमा जन्मिएकाले म डा. प्रेम रावतको सन्देशसँगै हुर्किएँ। सानै उमेरदेखि उहाँका प्रवचनहरू सुन्न थालेको थिएँ, र यो ज्ञानबारे अझ धेरै जान्ने जिज्ञासा सधैँ मनमा थियो। तर यो ज्ञान प्राप्त गर्नका लागि उपयुक्त उमेर नपुग्दासम्म मैले धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्यो।
आज मलाई यो ज्ञान प्राप्त गरेको एक वर्ष पूरा भएको छ, र ज्ञान प्राप्त गरेको पहिलो दिनदेखि नै म सेवामा सक्रिय छु। यस यात्राले मेरो जीवनमा अपार आनन्द, शान्ति र सकारात्मकता ल्याएको छ। यो अमूल्य उपहार प्राप्त गर्न पाएकोमा म आफूलाई कति कृतज्ञ र भाग्यमानी ठान्छु भन्ने कुरा शब्दमा व्यक्त गर्न वास्तवमै कठिन छ।
मलाई यो ज्ञान अनुभव गर्ने अवसर प्रदान गर्नुभएकोमा तथा मेरो जीवनमा यति अर्थपूर्ण परिवर्तन ल्याइदिनुभएकोमा म डा. प्रेम रावतप्रति हृदयदेखि नै कृतज्ञ छु। प्रेम, कृतज्ञता र समर्पणका साथ यस यात्रालाई निरन्तर अघि बढाउन पाएकोमा म आफूलाई धन्य ठान्छु।
ज्ञान र आनन्दको एक सुखद यात्रा
नमस्कार ! म चन्द्रकान्त अधिकारी l आज लगभग ९० वर्ष भएको यो उमेरमा उभिएर हेर्दा जीवनका पुराना सम्झनाहरू अगाडि आउँछन् l साना किसान विकास अधिकृतका रूपमा कृषि विकास बैंकमा गरेको लामो सेवा अनुभव एकातिर छ भने अर्कोतिर प्रेम रावतजी (बाल योगेश्वर) सँगको मेरो ४५ वर्षको अविस्मरणीय आध्यात्मिक सहयात्रा पनि संगै छ l
मेरो जीवनको एउटा मोडमा म दिशाविहीन, अन्योलमा परेको र निराश भएको थिएँ। मैले प्रेमजीको सन्देश सुनेँ, जसले मलाई दृढ र बलियो बन्न प्रेरित गर्यो। उहाँले सिकाउनुभएका अभ्यासहरू मैले नियमित रूपमा अभ्यास गर्न थालेँ। त्यसले मलाई एक–एक कदम अघि बढ्ने स्पष्टता र साहस प्रदान गर्यो। आज पनि जब म अन्योलमा पर्छु वा स्पष्टताको आवश्यकता महसुस गर्छु, तब म उहाँको सन्देशतर्फ फर्कन्छु र आफ्नो चेतनासँग अझ नजिक हुने अनुभव गर्छु। प्रेमजी, दिनरात सधैँ मेरो साथी बनेर साथ दिनुभएकोमा हृदयदेखि नै धन्यवाद।
आजै दर्ता गर्नुहोस् र हाम्रो अभियानसँग जोडिनुहोस्
तपाईंको जानकारी हाम्रो गोपनीयता नीतिअनुसार मात्र प्रयोग गरिनेछ। गोपनीयता नीति
हाम्रा शाखाहरू
केन्द्रीय कार्यालय
सामाखुशी–२६
काठमाडौं, नेपाल
P.O. Box 1369
आइतबारदेखि शनिबारसम्म:
९:००–१७:००
सूचना केन्द्रहरू
काठमाडौं
भक्तपुर
चितवन
पोखरा
धरान
वीरगञ्ज